Showing posts with label Muktak. Show all posts
Showing posts with label Muktak. Show all posts

मुक्तकहरू - साथमा तिहार विशेष २ मुक्तकहरू पनि - राम शरण श्रेष्ठ

Ram | 11:15:00 AM | 0 comments















सयपत्री गोदावरी, फूल्छ होला मेरो देशमा ।।
देशै भरि दिपावली, हुन्छ होला मेरो देशमा ।।
म यता विदेशमा, रुदै होलीन् दिदि वहिनी
कति मन तिहारमा, दुख्छ होला मेरो देशमा ।।
6th Oct 2012
राम शरण श्रेष्ठ
चिसापानी,रामेछाप
..
विदेशमै बस्यौ दाजै, तिहार गयो त्यसै ।।
इश्वरलेनी नसुनेको पुकार गयो त्यसै ।।
मखमली सयपत्री सुकिगयो सप्तरंङ्गी 
मेरो खाली हात तिम्रो निधार गयो त्यसै ।।
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप ।।
17th Nov 2012
खै मान्छे आत्मा हो कि शरिर 
कता जान्छ होला मरेर आखिर 
के मृत्यु पछि पनि जिन्दगी होला 
आत्मा मर्दैन भने किन लाग्छ पिर 
राम शरण श्रेष्ठ
30-Oct-2014
हुनेछु यति बेखबर सोचकै थिएन । 
तिमी सँगको सफर सोचेकै थिएन ।
म आफ्नै धुनमा हिँडिरकेको थिएँ 
देला गुलाबले ठक्कर सोचेकै थिएन । 
राम शरण श्रेष्ठ
30-Oct-2013
नकाब पछाडी अनुहार भिन्दै छ । 
बास्तबमा उस्को विचार भिन्दै छ। 
जे देखिन्छ उ त्यस्तौ हुँदै हैन 
पर्दा पछाडी सुरसार भिन्दै छ । 
राम शरण श्रेष्ठ
30-Oct-2013
नबनेका जोडिहरु होलान् कतिकति 
कहाँ हुन्छ सचेजस्तै सधै सहमती । 
जिन्दगीका बाटाभरी सधै काँडै काँडा
समयले पनि सधै दिन्छ किन क्षती ।
राम शरण श्रेष्ठ
30-Oct-2013
चालकको लापरबाहिले दुर्घटना हुन्छ । 
अनि निर्दोशको मृत्यु सँग सामना हुन्छ । 
जाँड रक्सि खराब हुन् पिउँदै नप्यूनु
नत्र मृत्युको भयानक यातना हुन्छ । 
राम शरण श्रेष्ठ
30-Oct-2013
यो दुनियाँ रहुन्जेल पृथ्वी रहुन्जेल । 
चन्द्र सुर्य अनि जिन्दगी रहुन्जेल । 
यो समयले जुन कुनामा लगेपनी 
नेपाली नै रहनेछु ढुकढुकी रहुन्जेल । 
राम शरण श्रेष्ठ
30-Oct-2013

प्रेम दिवश विशेष - साहित्यकार सरुभक्तका ४६ प्रेमिल मुक्तक (Valentine's Day Special Muktak by Saru Bhakta)

NepaliTalim | 12:40:00 PM | 0 comments















१) मुक्तक-सरुभक्त
प्रत्येक दिवस प्रेम दिवस हो, यौटा सत्य जानिराख
प्रेमभन्दा मूल्यवान केही अरु हुँदैन ठानिराख
सभ्यताको आकाशभरि कति घाम उदाए, जून उदाए
प्रेमको इतिहास चोखो लेखिनुपर्छ मानिराख ।

-२) मुक्तक-सरुभक्त
बदनाम नगर प्रेमलाई प्रेम महान् र अनन्त हुन्छ
धर्तीभरि आकाशभरि सहृदयताको जालो बुन्छ
मान्छेहरू भन्छन् दुनियाँ, स्वार्थमा कति डुबेको छ
तर प्रेम गर्ने मनले सधैँ उत्सर्गलाई मात्र चुन्छ  ।

-३) मुक्तक-सरुभक्त
नसोध मलाई कि म तिमीलाई कति माया गर्छु
हृदयको फाँट-गरामा अमूल्य कति सपना छर्छु
जान्नेहरू भन्छन्, प्रेम एक सुन्दर प्रेरणा हो
प्रत्येक क्षण म जीवनका कति जँघार-सागर तर्छु ।

-४) मुक्तक-सरुभक्त
बासनाको खेल खेल्नेहरू प्रेमको अर्थ बुझ्न सक्दैनन्
उच्चता अनि महानता के हुन्, मनमा कतै सुझन सक्दैनन्
मौसम बदलिएझैँ गरी प्रेम पात्र बदली हिँडेपछि
बिहानीको चोखो शीत परी ती प्रेमले रुझन् सक्दैनन् ।

-५) मुक्तक-सरुभक्त

प्रेम कस्तो हुन्छ, एउटा नमर्ने गीतझैँ
दिनरात साथ नछोडने मनको प्रिय मितझैँ
हृदयको धड्कनलाई सोधे बुझिन्छ प्रेम
हारेर पनि जितिने एउटा महान जितझैँ ।

-६) मुक्तक -सरुभक्त
प्रत्येक क्षण मुटुको ढुकढुकीमा तिमी आए जस्तो लाग्छ
सत्य भन्छु प्रत्येक सासमा तिमी छाएजस्तो लाग्छ
प्रेम गरेर मैले जीवनमा जे गुमाए पनि
बेहिसाब-बेहिसाब मैले आफैंलाई पाएजस्तो लाग्छ ।

-७) मुक्तक -सरुभक्त
प्रेम गरेर केही मागूँ, म भिखारी बन्न चाहन्न
सत्य भन्छु, म जीवनलाई यति तुच्छ भन्न चाहन्न
समर्पणको जीवनमा समर्पण नै गर्न देऊ है
विश्वासलाई चोट पारी आफ्नै दिल खन्न चाहन्न ।

-८) मुक्तक-सरुभक्त
तिमीलाई माया गर्दा सर्वस्व सबै लुटाइदिन्छु
खुसीका जम्मै अवसरहरू एक-एक गरी छुटाइदिन्छु
तिमी भन मात्र जीवनका कति शिखर चढछ्यौं
तिम्रा लागि मनभित्र असंख्य मन जुटाइदिन्छु ।

-९) मुक्तक-सरुभक्त
प्रेममा घात हुँदैन, कहिल्यै प्रतिघात हुँदैन
ठूलो सानो भन्ने पनि प्रेममा कुनै जात हुँदैन
ए ! नसाले बेहोस बनी प्रेमका कुरा गर्नेहरू !
म सत्य भन्छु, प्रेममा प्रभात हुन्छ कहिल्यै रात हुँदैन ।

-१०) मुक्तक-सरुभक्त
प्रेम पवित्र हुन्छ, हिमाली मूलको पानीझैँ
चरित्रले बेदाग मानौँ  सुनकेशरी रानीझैँ
शब्दकोशबाट बुझिन्न, आफैंबाट बुझी हेर
प्रेम तिमीलाई लाग्नेछ, हृदयको अक्षय खानीझैँ ।

-११) मुक्तक-सरुभक्त
प्रेम अनायास हुन्छ, गर्छु भनेर गर्न सकिन्न
मनभित्र विशाल सागर भर्छु भनेर भर्न सकिन्न
ए ! नक्कली प्रेमको कुरा गरी आफैलाई भुलाउनेहरू !
विनाआस्था कसैका लागि मर्छु भनेर मर्न सकिन्न ।

-१२) मुक्तक-सरुभक्त
प्रेमको नाम लिई फोहोरी खेल खेल्ने नगर
घामलाई सानो सम्झी हत्केलाले छेल्ने नगर
जीवनको घुम्तीभित्र सलाई नजिक देखे पनि
तिमी आफ्नो मनभित्र बासनाको रोटी बेल्ने नगर ।

-१३) मुक्तक-सरुभक्त
तिमीलाई नदेख्दा यस्तो लाग्छ, प्रत्येक क्षण देखेझैँ
मनको अनन्त पानीभरि प्रेमपत्र सधैँ लेखेझैँ
झरीका बादलहरू कति आए अनि कति गए
हिमालझैँ ठडिई मनका विषादहरू सबै छेकेझैँ ।

-१४) मुक्तक-सरुभक्त
प्रेम तपस्या हो स्वः परीक्षामा बस्नु पर्छ
कमजोरीहरू आए भने हृदय जम्मै कस्नुपर्छ
घृणाको यो दुनियामा प्रेम गर्छु भनी ठान्छौं भने
अरुका लागि हाँसीहाँसी नर्कमा पनि पस्नुपर्छ ।

-१५) मुक्तक-सरुभक्त
प्रेमीहरू प्रेम गरी अजम्मरी पीडा सहिरहन्छन्
ढुङ्गामाटो कणकणमा आत्मा बनी रहिरहन्छन्
चाहे दुनियाँले मानोस वा मान्न इन्कार गरोस्
प्रेमीहरू नबोलिकनै चरित्रले केही कहिरहन्छन् ।

-१६) मुक्तक-सरुभक्त
यस्तो दिन आओस यहाँ, मायैमायाको बास होस्
रिस, द्वेष र घृणाहरू सबै सबैको नाश होस्
मानवताको अंश भै म यस्तो सपना देखिरहेछु
मेरो सुन्दर धर्ती भोलि स्वर्गभन्दा पनि खास होस् ।

-१७) मुक्तक-सरुभक्त
जब मनमा प्रेम आउँछ, विषालु कुनै वाण दाग्दैन
बसेपछि मनमा त्यसले सौभाग्यको सीमा नाघ्दैन
जिन्दगीको प्रत्येक मोड ढुक्ढुकीहरूले भन्छन् यहाँ
प्रेम यस्तो बहार हो जुन आइ फेरि कतै भाग्दैन ।

-१८) मुक्तक-सरुभक्त
बुझ्नु मान्छे राम्रो गरी हृदयमा प्रेमको राज छ
मधुर धुन बजिराख्ने एउटा यस्तो साज छ
जिन्दगीको मुल्य खोज्दै बाहिर किन भौंतारिनु
प्रेम भए आफै भित्र दिव्य-अनमोल ताज छ ।

-१९) मुक्तक-सरुभक्त
प्रेम नसा होइन प्रत्येक क्षण पिइरहन्छु
मनमा लागे हजार चोट प्रत्येक क्षण सिइरहन्छु
जिन्दगीको तपस्यामा दिव्य वर पाएपछि
मृत्युञ्जली भएर म प्रत्येक क्षण जिइरहन्छु ।

-२०) मुक्तक-सरुभक्त
प्रेम पवित्र पागलपन हो, म सद्देहरूलाई भन्दै हिँड्छु
तिनका नजरमा सायद कसिङ्गरजस्तो बन्दै हिँड्छु
समय साक्षी छ, प्रेमको नाममा बदनामीहरू कति हुन्छन्
तर मनले नहारी धर्तीमा असंख्य आशा गन्दै हिँड्छु ।

-२१) मुक्तक-सरुभक्त
अर्ती-उपदेशहरू सुनेर मनमा प्रेम पलाउँदैन
समय आउँछ, समय जान्छ, कसैलाई छलाउँदैन
प्रेमपथमा लाग्ने भए समर्पणको बाटो चुन
हृदयलाई पत्थर पारे कुनै बाली फलाउँदैन ।

-२२) मुक्तक-सरुभक्त
जब प्रेम हुन्छ, मनको मनसित साइनो जोडिन्छ
जीउमा भए बन्धन कति, एक-एक गरी छोडिन्छ
ए ! रूपको बजारमा आफैलाई बेची हिँडनेहरू !
प्रेममा सक्रान्ति भै जीवनको बाटो मोडिन्छ ।

-२३) मुक्तक-सरुभक्त
विश्वविजेताहरू धर्ती लुट्न सक्छन्, माया लुट्न सक्दैनन्
अरुका अधिकारहरू घुत्न सक्छन्, माया घुत्न सकदैनन्
उन्मादले ग्रस्त भै जति विशाल सेना खडा गरे पनि
मायालाई पराजित गर्न मायालु मनभित्र जुट्न सक्दैनन् ।

-२४) मुक्तक-सरुभक्त
प्रेम अन्धो हुन्छ, प्रेम नगर्नेहरू भनिरहन्छन्
प्रेमको इतिहासका अध्येताझैं बनिरहन्छन्
म कसरी सम्झाऊँ प्रेम आफैंमा एक दृष्टि हो
तर हरे ! अबुझहरू अँध्यारोका दीप गनिरहन्छन् ।

-२५) मुक्तक-सरुभक्त
जहाँ प्रेम हुन्छ त्यहाँ धोका र छलछाम हुँदैन
प्रेमभन्दा पवित्र यहाँ कतै कुनै तीर्थधाम हुँदैन
जिन्दगीको प्रत्येक सासमा आफैंसँग सोधिहेर
प्रेममा व्यर्थ अहंको पनि कुनै राम हुँदैन ।

-२६) मुक्तक-सरुभक्त
प्रेम सिर्जना हो, विध्वंसको बाटो लाग्ने नगर
चुनौतीहरू आए भने आफैंदेखि भाग्ने नगर
घामछायाँ जिन्दगीका रङ्गहरू यस्तै हुन्छन्
युद्ध सम्झी प्रेमलाई तोपगोला दाग्ने नगर ।

-२७) मुक्तक-सरुभक्त
प्रेमको युद्ध अन्त होइन, आफैंभित्र लडिन्छन्
हृदयको कुरुक्षेत्रमा विजयझन्डा ठडिन्छन्
इतिहासमा जति भए पनि कथित प्रेमका युद्धहरू
महान् प्रेम त यहाँ महान् छातिहरूमै अडिन्छन् ।

-२९) मुक्तक-सरुभक्त
कहिलेकाहीं प्रेममा हृदय ठनक्क भाँचिन्छ
दुर्भाग्यको चोट परी अधमरो भइ बाँचिन्छ
समयको चक्र यहाँ जति उल्टो घुमे पनि
आस्थाभरिको जीवनमा पवित्रता मात्रै साँचिन्छ ।

-३०) मुक्तक-सरुभक्त
ताजमहल नै चाहन्छौं भने हरेक क्षण ताजमहल बनाइरहन्छु
हृदयभरि सिङगमरमर होइन मायैमाया खन्याइरहन्छु
के दुनियाँका आश्चर्यहरूमा आश्चर्य मानिरहन्छौं तिमी
म अनादिदेखि अनन्त मायामा आफ्नो उपस्थिति जनाइरहन्छु ।

-३१) मुक्तक-सरुभक्त
अजम्मरी पीडा भए, अजम्मरी मनले पिइदिनु
खिइनुको हद कहाँ हुन्छ, त्यसलाई नाघी खिइदिनु
प्रेम गर्दा जीवनमा जति निर्दयी प्रहार परे पनि
तिमी हरेक प्रहारमा आँशुको फूल भैदिनु ।

-३२) मुक्तक-सरुभक्त
थोरैले साँचो माया गर्छन धेरैले माया गरेझैँ गर्छन्
नपाएसम्म एक अर्कालाई हुरुक्क भै मरेझैँ गर्छन्
राम्रैसित चिन्न सकिन्छ नक्कली माया लाउनेहरू
बसन्त पूरै हराए फतक्क भै झरेझै गर्छन् ।

-३३) मुक्तक-सरुभक्त

प्रेमका लागि भनी धर्तीमा अब नबगाऊ रगतका धाराहरू
साँचेर युगौंदेखिका अहङ्ककार अनि विश्वविजयी पाराहरू
बन्दुक, तोप र तरवारहरूको मन जित्न नसकिने भए
मानवताको आकाशमा कहाँ चम्कन्थे साँचो प्रेमका ताराहरू ?

-३४) मुक्तक-सरुभक्त
बोलीले के याद गरुँ, धड्कनले याद गर्छु हुन्न र ?
नसानसामा तातो रगतले मायाको घर बुन्न र ?
समयलाई साक्षी राखे, समय आफै बदली जान्छ
मनमा माया भए कतै, मायाले माया छुन्न र ?

-३५) मुक्तक-सरुभक्त
घृणा छ यो दुनियाँमा धेरै प्रेमको दुनियाँ बसाइरहूँ
कठोर छ यो दुनियाँ धेरै कोमलता केही पसाइरहूँ
ढुकढुकीको अर्थ आफ्नै ढुकढुकीलाई सोधे हुन्छ
प्रेमोत्सव मानी जिन्दगीलाई सिर्जनामा रसाइरहूँ ।

-३६) मुक्तक-सरुभक्त
जिन्दगीको हरेक क्षण प्रेमोत्सव बाँचिदिन्छु
अरुले होइन मायाले नै जिन्दगी यो जाँचिदिन्छु
म मरे पनि मेरो माया कहिल्लै मर्ने छैन
माटो अनि खरानीमै तिम्रो याद साँचिदिन्छु ।

-३७) मुक्तक-सरुभक्त
प्रेम प्रेम हो उमेरको कुनै रहर होइन
प्रेम प्रेम हो स्वाष्टिष्ट कुनै जहर होइन
प्रेमलाई वर्जित फल मान्ने अज्ञानीहरू हो !
प्रेम प्रेम हो अभिशापको कुनै कहर होइन ।

-३८) मुक्तक-सरुभक्त
म कसरी भनूँ माया कि मेरो नाम दिलमा टाँसिदिऊ
दया गरेर भए पनि केही बेर बेमनले हाँसिदिऊ
माया माया हो सर्तबाजीको कुनै खेल होइन
त्यसैले भोग्छु तर भन्दिनँ कि मलाई हरेक क्षण फाँसी देऊ ।

-३९) मुक्तक-सरुभक्त

प्रेम कति गहिरो हुन्छ, नापेर नाप्न सकिँदैन
प्रेममाथि अरु केही खापेर खाप्न सकिँदैन
कसरी भनूँ म कि प्रेमको अनुभूति कस्तो हुन्छ ?
प्रेमलाई शब्दहरूमा पूरै छापेर छाप्न सकिँदैन ।

-४०) मुक्तक-सरुभक्त

प्रेमपथका यात्रीहरू हरघडी प्रेम चिताइरहन्छन्
उछ्वासविना जिन्दगीमा हरघडी प्रेम जिताइहरन्छन्
सपनाहरू जति विपना बन्न सके पनि, नसके पनि
प्रेमपथका यात्रीहरू हरघडी प्रेममै बिताइरहन्छन् ।

-४१) मुक्तक-सरुभक्त

स्वार्थको बजारमा हेर, स्वार्थको तानातान छ
नबुझेर होइन, सबै कुरा जानाजान छ
हृदयका तरेलीहरूमा प्रेमका मूल नफुटेर
मान्छेको बस्तीमा आजभोलि सर्वत्र हानाहान छ ।

-४२) मुक्तक-सरुभक्त
प्रेमको घाउ लाग्यो भने अप्रेमहरूले भर्ने नगर
दुर्भाग्यको खोलालाई नसकी-नसकी कहिल्यै तर्ने नगर
प्रेम-प्रेम हो, मनको कुनै कमजोरी होइन
त्यसैले बाँच्न छोडी जिन्दगीमा छिनछिनमा मर्ने नगर ।

-४३) मुक्तक-सरुभक्त

खुसीहरू मात्र हुँदैनन् मायामा असङख्य उछवासहरू हुन्छन्
हजार जन्मभन्दा लामो मायामा असङख्य निश्वासहरू हुन्छन्
कोमल तर चट्टान जस्तो मायालु हृदयलाई सोध
कि तिनका ढुकढुकीहरूमा मायाका असंख्य विश्वासहरू हुन्छन् ।

-४४) मुक्तक-सरुभक्त
आस्था हराएर कहिल्लै पनि बिहानी खुल्न सक्दिनँ म
समयको क्षणिक बजारमा बेहोसीसाथ घुल्न सक्दिनँ म
विशाल दुनियाँमा तिमीबाट जति टाढा भैगए पनि
आफूलाई भुल्न सक्छु तर तिमीलाई भुल्न सक्दिनँ म ।

-४५) मुक्तक-सरुभक्त
प्रेमीहरू प्रेम गर्छन्, कर्तव्यबाट भाग्दैनन्
हृदयमा जलन भै मलहम केही माग्दैनन
जिन्दगीमा अप्रिय बोझहरू जति खेप्नुपरे पनि
प्रेमीहरू प्रेमास्थाका मर्यादा कहिल्यै नाघ्दैनन् ।

-४६) मुक्तक-सरुभक्त
मान्छेहरू हृदयमा अनन्त सपना सजाइराख्नु
कठोर यो धर्तीभरि अस्तित्व आफ्नो कजाइराख्नु
उज्यालो र अँध्यारोको यो महान सृष्टि यात्रामा
जीवनभर प्रेमको अजम्मरी धुन बजाइराख्नु ।
सरुभक्त
साभारः प्रेम यात्रा 

प्रेम दिवशकाे सबैलाइ शुभकामना !



मुक्तककार एस.पि. असफलका ७ मुक्तकहरू (7 Muktak by SP Asaphal)- 18-08-2017

NepaliTalim | 10:14:00 AM | 0 comments
 मुक्तक १ 
त्यही ठाउँमा हाँस्दै खेल्दै बिते बचपनका दिन मेरा,,
फलफूलमा कट्हर सुन्तला र बेस्सरी फल्थ्ये केरा ।
यो एस.पी.असफलको परिचय यस्तै  छ है साथी ,,
भाटखोला नौ स्याङ्जा जिल्ला गाउँको नाम गहतेरा ।
एस.पि. असफल
भाटखोला:९
स्याङ्जा
हाल :बिरानो  मुलुक

मुक्तक २
रोजगार खोज्दै,बिदेशीने क्रम,घटाएर मनाउँला
देश विकासमा~युवा शक्ति~ खटाएर मनाउँला
अब आउने ~नयाँ बर्ष, हामी सारा~~नेपालीले
यो  नेपाल बन्द~भन्ने पर्व~~ हटाएर मनाउँला
एस.पि. असफल
भाटखोला:९
स्याङ्जा
हाल :बिरानो  मुलुक

मुक्तक ३
मनका  चाहनालाई  मनभित्रै  रोक्ने हरु ,,
हिजो म सँगसँगै ढुङ्गा मुढा बोक्ने हरु !!
आज मासु बिनाको खाना रुच्दैन भन्छन्,,
हिजो लोकल ठर्रा सँग  अदुवा टोक्ने हरु !!
एस.पि. असफल
भाटखोला:९
स्याङ्जा
हाल :बिरानो  मुलुक

मुक्तक ४
छुवाछूत अन्त्य गरौं,भन्दै भाषण ठोक्नेहरु
मनमा आफैं कुरिती र,अन्धविश्वास बोक्नेहरु
कसरी मानव भनौं  र म तिनी हरुलाई हजुर
मैले बनाएको मुर्ति पुज्न ~मलाई नै रोक्नेहरु
एस.पि. असफल
भाटखोला:९
स्याङ्जा
हाल :बिरानो  मुलुक

मुक्तक  ५
''लैला मजनू'' बन्ने बिचार गर्दै नगर ,,
माया लाउँदा कसैले हतार गर्दै नगर ।
आफ्नै सुनौलो भविष्य अन्धकार पारी,,
पढाइ नै गुमाएर यो  प्यार गर्दै नगर ।
एस.पि. असफल
भाटखोला:९
स्याङ्जा
हाल :बिरानो  मुलुक

मुक्तक ६
मानवता अनि नैतिकता-- भुल्नेहरुलाई ,,
शिवभक्त हुँ भन्दै  --नाङ्गै डुल्नेहरुलाई ।
कार्वाही गर्दैनस् --ए नालायक सरकार ??
धर्मको खिल्ली उडाई चर्चा बटुल्नेहरुलाई ।
एस.पि. असफल
भाटखोला:९
स्याङ्जा
हाल :बिरानो  मुलुक

मुक्तक ७
आफ्नो खुबी देखाईस् भन्छन् मुक्तक लेखेर
बदलामा के पाईस् भन्छन् मुक्तक लेखेर
साहित्य के हो नबुझ्ने~~ साथीहरूले आज
कति पैसा~ कमाईस् भन्छन्~  मुक्तक लेखेर
एस.पि. असफल
भाटखोला:९
स्याङ्जा
हाल :बिरानो  मुलुक

Note : All Copyright of Above muktaks are reserved with Writer 

मुक्तककार दिनेश पुन ३० मुक्तकहरू (30 Muktaks by Dinesh Pun) -02-04-2017

NepaliTalim | 4:23:00 PM | 0 comments
नाम: दिनेश पुन
ठेगाना:पुर्तिमकाँडा १ रुकुम 

१.मुक्तक
नाटक गर्दै समय कटाउन खोजे जस्तो।।
सम्हालेको माया झट्टै घटाउन खोजे जस्तो।।
तिमी बारबार यस्तो व्यबहार नगर भो प्रिया
चट्क्कै भुलेर मनबाट हटाउन खोजे जस्तो।।
दिनेश पुन
पुर्तिमकाँडा १ रुकुम

२.मुक्तक
खाए जिन्दगी देखि ठुलै हार यस्तै सोचुँला।।
दिल दुखाउन गरिएछ हतार यस्तै सोचुँला।
मलाई छोडि अर्कैसंग खुसी हुन्छेउ भने तिमी
मेरो भाग्यमा नै रहेनछ प्यार यस्तै सोचुँला।।
दिनेश पुन
पुर्तिमकाँडा १ रुकुम

३.मुक्तक
बनाएर बोलीलाई हतियार थरीथरीका।।
फेरिरह्यौ माध्यम लगातार थरीथरीका ।।
कहिले घाँटि रेट्ने त कहिले मुटु छेड्ने गरि
पठायौ निष्ठुरीले उपहार थरीथरीका ।।
दिनेश पुन
पुर्तिमकाँडा १ रुकुम


४.मुक्तक
यो मन जलेर भैसकेछ खरानी पत्तै पाइन।।
रुँदारुँदा सकिएछ आँखाको पानी पत्तै पाइन।।
म रङ्गमन्चमा माया प्रेम भन्दै बसिरहदा
यता बितिसकेछ आधा जिन्दगानी पत्तै पाइन।।
दिनेश पुन
पुर्तिमकाँडा १ रुकुम

५.मुक्तक
पक्कै छैन हो म पबित्र भन्दा मानिनौ।।
भो भो नबस दिलभित्र भन्दा मानिनौ।।
आज मलाई धोखेबाज भन्नुको कारण
बिग्रेको छ है मेरो चरित्र भन्दा मानिनौ।।
दिनेश पुन
पुर्तिमकाँडा १ रुकुम


६.मुक्तक
सुम्पिदिन्छु, यो जिबन माया गरेउ भने।।
गर्छु सधै सधै ,जतन माया गरेउ भने।।
यो जिन्दगी तिमीलाइ नै अर्पण गरि
बनुँला मुनाको मदन माया गरेउ भने।।
दिनेश पुन
पुर्तिमकाँडा १ रुकुम


७.मुक्तक
कस्तो रहेछ यो संसार भनी तुलाना गरिएको
छ।।
सुन ठुलो कि हिराको हार भनी तुलना
गरिएको छ।।
उसैलाई भुल्न एकै बोतल पिउछु भन्दा हिजो
एक रोज्नु रक्सी कि त प्यार भनी तुलना
गरिएको छ।।
दिनेश पुन
पुर्तिमकाँडा १ रुकुम


८.मुक्तक
पहिले त पत्थर जस्तै यो दिल बनाउनु छ।।
दुनियाँले मलाई भेट्टाउन मुस्किल बनाउनु छ।।
यो दुनियाँ देखि धेरै धेरै दुर भए भने म
अक्सर तिम्रो यादमा आँसु टिलपिल बनाउनु छ।।
दिनेश पुन
पुर्तिमकाँडा १ रुकुम


९.मुक्तक
जीवन मरणको दोसाँधमा शरीर बनेपछी।।
तिम्रै कारण झुकिरहने मेरो शिर बनेपछी।।
आज समाजले मलाई पागलको संज्ञा दिदैछ
त्यो कान्छिको भट्टी पनि आफ्नै मन्दिर बनेपछि।।
दिनेश पुन
पुर्तिमकाँडा १ रुकुम


१०.मुक्तक
चानचुने होइन उसलाई एकदम दामी बनाइदिनु।।
उसको चर्चा अनि मेरो बदनामी बनाइदिनु।।
तिम्रो बिहेको जन्ती जादा गाउँ नै रित्तो होला त्यो दिन
मेरो लास बोक्ने दुईचार जना मलामी बनाइदिनु।।
दिनेश पुन
पुर्तिमकाँडा १ रुकुम


११.मुक्तक
त्यो अधेरी रात पनि जुनकै बनिदियोस।।
यो सारा संसार पनि उनकै बनिदियोस।।
मलाई धनकै कारण छोडिजाने निष्ठुरीको
सिरानी र ओछ्यान पनि सुनकै बनिदियोस।।
दिनेश पुन
पुर्तिमकाँडा १ रुकुम


१२.मुक्तक
मरिमरी पनि जिएको मान्छे हुँ।।
फाटेको मन सिएको मान्छे हुँ।।
उसैको यादले सताउदा भुल्न
रक्सी पछि चुरोट पिएको मान्छे हु
दिनेश पुन
पुर्तिमकाँडा १ रुकुम


१३.मुक्तक
म दुईथरीको माया लाउदिन तेति
सोचिदिनु।।
छोरी दिनु भन्दै घर घरमा धाउदिन तेति
सोचिदिनु।।
मेरो जन्म दिने बाआमालाई यति भन्नू छ कि
तपाईकी बुहारी मगर्नी आउदिन तेति
सोचिदिनु।।
दिनेश पुन
पुर्तिमकाँडा १ रुकुम


१४.मुक्तक
कसैको यादमा शरीर गलाउनु छ भने प्यार गर्नु।।
नचाहेर छातीमा आगो बलाउनु छ भने प्यार
गर्नु।।
भन्नेले त भन्लान माया नै सबथोक भनेर
सम्हालेर राखेको मुटु जलाउनु छ भने प्यार गर्नु।।
दिनेश पुन
पुर्तिमकाँडा १ रुकुम


१५.मुक्तक
रमाइला अनि खुसिका दिन गनेर बस्नु।।
कोहि थिएन मेरो जिबनमा भनेर बस्नु।।
अरे म त पागल जस्तै परे यार
तिमी सधै राम्री अनि सद्दे बनेर बस्नु।।
दिनेश पुन
पुर्तिमकाँडा १ रुकुम


१६.मुक्तक
मेरो मन दुखाएर नि दुखाएको हैन भन्नेहरुलाई।।
जाबो मुटु दुख्दैमा पिडा हुदैन भन्नेहरुलाई।।
जिन्दगीमा केही प्रगती गरेर देखाउने मन छ
मेरो बोली व्यबहार राम्रो छैन भन्नेहरुलाई।।
दिनेश पुन
पुर्तिमकाँडा १ रुकुम


१७.मुक्तक
आज साहु आयो अनि मलाई थर्काएर गयो।।
लिएको ऋण छिटो तिर्नु भन्दै भाका लर्काएर
गयो।।
पढेर कमाउन सकिएन बिदेश गई दिन्छु साहु भन्दा
घरजग्गा थुतिदिन्छु भन्दै आँखा फर्काएर गयो।।
दिनेश पुन
पुर्तिमकाँडा १ रुकुम


१८.मुक्तक
उसले तिमिलाई आफ्नै रानी भनेपनी।।
तिम्रो हात समाई भगाएर लानी भनेपनी।।
दुई दिने माया हो रे उसको त
काखमा राखी सुम्सुम्याएर सानी भनेपनी।।
दिनेश पुन
पुर्तिमकाँडा १ रुकुम


१९.मुक्तक
पढ्न जान्छु भनी जङ्गलतिर डेटिङ धाएर
बिग्रीए।।
अर्कि हुदाहुदै दिलमा तिमीसंग माया लाएर
बिग्रीए।।
हरपल तिम्रै यादले सताउदा भुल्न
जवानीमै गाजा भाङ रक्सी चुरोट खाएर
बिग्रीए।।
दिनेश पुन
पुर्तिमकाँडा १ रुकुम


२०.मुक्तक
कहिलेकाही भेट्न आउ भन्दा आउदिन भन्छेउ।।
गरेपनी माया तिम्लाई बिहेगर्न पाउदिन
भन्छेउ।।
के लेखेको छ र तिम्रो त्यो ठुलो जातमा
मगरको हातको सिन्दुर पोते चुरा लाउदिन
भन्छेउ।।
दिनेश पुन
पुर्तिमकाँडा १ रुकुम


२१.मुक्तक
गरिब अनि दुखीको जीवन भोगेर देखाउ।।
त्यो अनौठो माया तराजुमा जोखेर देखाउ।।
मै धनी मै बुद्धिमान भन्ने महानहरुले
सक्छौ भने स्वयम् मृत्यु रोकेर देखाउ।।
दिनेश पुन
पुर्तिमकाँडा १ रुकुम


२२.मुक्तक
कुनै बहानामा तिम्रै पछि धाउने भएछु।।
निर्दोषीलाई पनि यहाँ दोष लाउने भएछु।।
हेर्दा लठ्ठै पार्ने मृगनयनी आँखा देखेर होला
सायद
हरपल तिम्रै यादहरुमा रमाउने भएछु।।
दिनेश पुन
पुर्तिमकाँडा १ रुकुम


२३.मुक्तक
बियर पिउन मन छ मलाई तिमी टन्न दिन्नेउ
यार।।
तिमी रिसाएका दिन गन्छु तिमी गन्न दिन्नेउ
यार।।
खोइ मन परेको हो कि मन नपरे झै गर्छेउ
कति माया गरि मेरि बुढी भन्छु तिमी भन्न
दिन्नेउ यार।।
दिनेश पुन
पुर्तिमकाँडा १ रुकुम


२४.मुक्तक
हातै छैन, टोपी खस्यो, टिप्न साथी
चाहिन्छ।।
आक्रमण भयो, विरुद्धमा, भिड्न साथी
चाहिन्छ।।
तिमी एक्लाएक्लै संसार जित्ने सपना देख्छौ
मित्र
आँखामा ,भुसुनो पस्यो, झिक्न साथी
चाहिन्छ।।
दिनेश पुन
पुर्तिमकाँडा १ रुकुम


२५.मुक्तक
खुसी नै खुसीले भरिएको शहर देख्न पाउँ।।
माया गर्नेप्रती सबैको राम्रो नजर देख्न पाउँ।।
अर्को जुनिमा मान्छे भएर जन्मे भने हे दैब
प्रेमरोगको पनि उपचार गर्ने डाक्टर देख्न पाउँ।।
दिनेश पुन
पुर्तिमकाँडा १ रुकुम


२६.मुक्तक
मुटु नै बिझाउने त्यो वचन, बडो अचम्मको।।
छेपारो जस्तै बानी त झन, बडो अचम्मको।।
गरेका बाचाकसम पनि सजिलै तोडिदिने
बुझ्नै नसकिने तिम्रो त्यो मन, बडो अचम्मको।।
दिनेश पुन
पुर्तिमकाँडा १ रुकुम


२७.मुक्तक
हेर प्रिया सुन संग पित्तल दाज्न मिल्दैन।।
बास्तबमा बुद्धि संग बल दाज्न मिल्दैन।।
तिम्रो देखावटी नजरमा राम्रो छौ भने पनि
मलाई
उ कति सज्जन म भने पागल दाज्न मिल्दैन।।
दिनेश पुन
पुर्तिमकाँडा १ रुकुम


२८.मुक्तक
साच्चै, हातमा गुलाफ लिएर बस्न गार्हो हुदो
रहेछ।।
त्यस्तै यादमा आँसु पिएर बस्न गार्हो हुदो
रहेछ।।
तिमीबिना हाँसीखुसी बाच्न सक्छु भनेपनी
छोडि जानेलाई सम्झिएर बस्न गार्हो हुदो
रहेछ।।
दिनेश पुन
पुर्तिमकाँडा १ रुकुम


२९.मुक्तक
के होला तिमी बिनाको मेरो हाल याद गर्नु
सानी।।
अबको छिट्टैमा हुदैछ मेरो काल याद गर्नु
सानी।।
एकदिनको बोली बचनले के फरक पर्ला र भनेपनी
भेट्टिदैनन आकाश र पाताल याद गर्नु सानी।।
दिनेश पुन
पुर्तिमकाँडा १ रुकुम


३०.मुक्तक
सोचेभन्दा राम्रो पाउनु भनिदिए, बिदा हुँदै
गर्दा।।
पिडा भुलेर मुकुराउनु भनिदिए, बिदा हुँदै
गर्दा।।
मसंगको प्रेम सम्बन्धमा थिए सोच्दै नसोचेर
जिन्दगीभर नै रमाउनु भनिदिए, बिदा हुँदै
गर्दा।
दिनेश पुन
पुर्तिमकाँडा १ रुकुम

Note :
Copyright of All Above Creation is reserved with Writer 

एस.पि. असफल र शिखा डि.सी. बिच भएको सवाल जवाफ मुक्तक (Muktak Sawal Jawaf -S.P Ashaphal and Shikha D.C.) -23-11-2016

NepaliTalim | 1:05:00 PM | 0 comments
एस.पि. असफल र शिखा डि.सी. बिच भएको सवाल जवाफ मुक्तक
🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹 

एस.पि. असफल 

धेरै भयो तिमीलाई मैँले  मन पराएको ,,
तिम्रै कल्पनामा हुन्छु सधै म हराएको ।
हिम्मत गरि तिमीलाई भन्दैछु है शिखा,,
आजसम्म थिए म भन्नलाई डराएको ।।

शिखा डि.सी. 

आगो त दुबै तिर बलिराकै रैछ ।
यता जस्तै उतापनि चलिराकै रैछ ।
मन पराए के भयो त संगै भैदिउला ,
आज सम्म एक्लै दिन ढलिराकै रैछ ।।

एस.पि. असफल

कतै तिमी  मेरै निम्ति जन्म लिएकी हौं कि ??
माया गर्छु भन्दै मलाई गफ दिएकी हौं कि ??
झुठो हैन साचो माया गर्छु शिखा तिमीलाई ,,
ख्याल ठट्टा गरे जस्तो सम्झिएकी हौं कि ??

शिखा डि.सी. 

मिल्ने भए देखाई दिन्थे चिरेर यो छाती ,,
ख्याल ठट्टा हैन हजुर गर्छु माया खाटी ।
तिम्रो माया मेरो माया जोखिएछ भने ,,
हुनेछ सधै तिम्रो भन्दा अलिकति माथी ।।

एस.पि. असफल

सहर छोडी गाउँमा बसाइँ  सर्छ्यौ भने ,,
सुखदुःखमा सँगसँगै जघाँर तर्छ्यौ भने ।
यहि मंसिरमा तिम्रो सिँउदो भर्न आउछु,,,
साँच्चै तिमीले मलाई माया गर्छ्यौ भने ।।

शिखा डि.सी. 

तिमि संगै झयाउरे गीत गाइदिन लाइ तैयार,,
साँझ बिहान साग सिस्नो खाइदिन लाइ तैयार ।
मैले जस्तै तिमीले पनी माया गर्छौ भने ,
पटुकि र गुन्यो चोली लाइदिन लाइ तैयार ।

एस.पि. असफल

काली गाईको दूधसँगै भात मुछि खान,,
तयार भयौं  शिखा तिमी मेरो बनी जान ।
परी जस्तै शिखालाई भित्र्याउने दिन त,,
छुट्टै हुन्छ जस्तो लाग्यो मेरो पनि सान ।।

शिखा डि.सी. 

बसेकि छु म पनी मनको साथी तिम्लाई मानी,,
बन्न लाइ कुंनैदीन एस पि को दिलको रानी ।
अरु केहि छैन चाहा यति  भए  पुग्छ मलाई  ,
गल्ती होला अनजानमा  नरूवाउनु जानि जानि ।।

एस.पि. असफल

बुहारी होइन छोरी बनी बा -आमालाई पाल्नु पर्छ,,
गाईलाई कुडो म दिउला तिमिले गोबर फाल्नु पर्छ।
सहर बजारको सुख सहेलमा  हुर्के बढेकी तिमी ,,
मेरो घर  त माटाको छ बेलाबेलामा टाल्नु पर्छ ।।

शिखा डि.सी. 

दुःख अनि सुख तिमी सँगै साट्ने छु म ,,
तिम्रो साथ पाए जस्तो कठिन आट्ने छु म ।
सहरमा चिल्ला गाडिको यात्रा गर्नु भन्दा ,,
तिम्रै हात समाएर नौ डांडा काट्ने छु म ।।

एस.पि. असफल

कति छिट्टै गर्यौ तिमीले यो मनमा राज,,
सुखदुःख बुझ्ने  जीवनसाथी पाए आज ।
दुलहीको मुख हेर्ने मान्छेको ताती देखि,,
घुम्टोले मुख छोपेर किन मान्छ्यौ लाज ।।

शिखा डि.सि.

तिम्रो नामको सिन्दूर अनि चुरा भए पछि ।
संग संगै जुनि काट्ने कुरा भए पछि ।
चाहा छैन अब मलाई कुनै सुख सयल ,
तिम्रै बन्ने त्यो सपना पूरा भए पछि ।।

सम्पूर्ण साहित्य प्रेमी मनहरु बाट अमुल्य सल्लाह सुझाव र प्रतिक्रियाको अपेक्षा ।।
बिनम्र अनुरोध ::मुक्तकिला भाव मात्रै हुन जथाभावी कमेन्ट नग्रनु होला  ।।
शिखा डि.सी. 
दाङ 
हाल: काठमाडौ 
:::::::::::;;:;;;;;;;:
एस.पि. असफल
भाटखोला:९
स्याङ्जा 
हाल:बिरानो मुलुक

मुक्तककार सुमन हेमन्सु का ४ मुक्तकहरू (4 Muktaks by Suman Hemansu)

NepaliTalim | 9:21:00 PM | 0 comments
१.मुक्तक 
जब तिम्रो मुस्कान मेरा नयनमा पर्छ 
दिल ढकढक गर्छ जसरी घडीको सुइ सर्छ 
म कसरी भनु यि दुई हात कती फैलाउ 
ए प्यारी सुमन तिमीलाई एती धेरै मायागर्छ
Suman Hemansu 
Limerick City Ireland1

२.मुक्तक 
मेरै यादमा मेरी माया तारा गन्दै होलिन 
मलाई दिने सबै खुशी सारा गन्दै होलिन 
बिछोडको आगनीमा पिलपिल आसुँ झार्दै
आए पछी सुमन, घुम्ने फेवा र रारा गन्दै होलिन
Suman Hemansu 
Limerick City Ireland

३.मुक्तक 
तिम्रो र मेरो धढकनको शायद कदम मिलेन 
माया र पिरतिको कथा लेख्ने कलम मिलेन 
चोट एउटै थियो पिडा पनि त उस्तै उस्तै 
घाऊ बल्जिरह्यो शायद लगाउने मलम मिलेन
Suman Hemansu 
Limerick City Ireland

४.मुक्तक 
आशा छ पक्कै एक्दिन मेरो प्यार फर्किएर आउछ 
जसरी हरेक बर्खा नदीको धार बद्लिएर आउछ
हावा पनि त कैल पूर्व कैले पश्चिम अस्थिर बहन्छ 
दुई मुटु एक धडकन् हुनेछ जब बिचार पग्लिएर आउछ
Suman Hemansu 
Limerick City Ireland

Note;
Copyright Reserved with writer 

मुकतककार एस.पी.असफल र सिसा थारु हिन्दुको दशैँ विषेश सवाल-जवाफ मुक्तक (Dashain Special Muktak Sawaj Jawaf -S.P. Asafal & Sisa Tharu Hindu) -03-10-2016

NepaliTalim | 6:14:00 PM | 0 comments
दशैँ विषेश सवाल-जवाफ मुक्तक
एस.पी.असफल &सिसा थारु हिन्दु
स्रोत ::: रचनाका पानाहरु

सिसा थारु

मायाको चिनो औँठी दिएर
गयौ परदेश मन मुटु लिएर
औधी  माया  लाग्छ  तिम्रो
बस्छु आँसुरुपी जहर पिएर।
🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
एस.पी.असफल

औंठी मात्रै होइन मुटु पनि दिएको छु
तिम्रै पीरमा भित्रभित्रै भक्कानिएको छु
सपनिमा मुस्कुराउदै तिमी आउँदा त
आधा रातमै चिच्चाउदै बिउँझिएको छु
🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
 सिसा थारु

उता तिमी त्यसरी परदेशमा रोएर बस्दा
बर्षाको भेल सरि आँसुले मुख धोएर बस्दा
रमाइलो चाड पर्व नजिकै हुन लाग्दा प्यारा
थाम्न गार्‍हो भयो मन तस्वीर छोएर बस्दा
🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
एस.पी.असफल

 आएथेँ प्रदेश आँखामा आँसु रोकेर
सानू तिम्रो मायालाई मुटु भरि बोकेर
तिहार मनाउन म घरमै आउछु पक्का
चाडपर्वमा नरुनु तिमी  छाती ठोकेर
🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
सिसा थारु

एक्लै बाच्न गार्‍हो भो मुटुमा बसाइँ सरेर जाउ
मेरो खाली  सिउँधोमा तिम्रै सिन्दुर भरेर जाउ
तिम्रो हुन पाईन भने बाच्न सक्दिन एकपल पनि
त्याग्नु छ भने मलाई अन्तिम संस्कार गरेर जाउ
🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹

एस.पी.असफल

यही मंसिरमा तिम्रो सिउँदो भर्छु भनेर
मेरो जीवन सिसा तिम्रै नाममा गर्छु भनेर
तिम्रै हुन अर्को महिना म घर आउदै छु
धम्की नदेउ धोका दिएमा मर्छु भनेर
🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
सिसा थारु

मेरा उनी यस्ता भन्दै कति गुणगान गाउँछन्
चाडपर्वमा थरीथरीका गर गहना लाउँछन्
सबै  सङ्गीको बिहे  भयो  मेरो मात्रै बाँकी
संगीनीका छोराछोरी आन्टी भन्दै आउँछन्
🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
एस.पी.असफल


खुसी छन् मेरा साथी छोराको बाउ बनी
जिस्काउँछन् बिहे गर् बूढो भईस् तँ भनी
दशैँ पछि छिट्टै घर आउछु बिहे गर्नलाई
मेख मार्न मन छ सानु साथीको मलाई पनि
🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹

सीसा थारु

यसपालि  दसैंमा मेरो  दाइ  आउने भन्नू भएको छ
हुने खाने ज्वाईं खोज्न सहर धाउने  भन्नू भएको छ
छोरीको उमेर गयो भन्दै चिन्ता मानी बा- आमाले
यहि मंसिरमा मेरो  डोलि अन्माउने भन्नू भएको छ
🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
एस.पी.असफल

मंसिर लाग्नु अगाडिनै म घर आउँछु सानू
तिम्रो दाईलाई फोन गरि सम्झाउँछु सानू
प्रवास आएर नि जग्गा जमिन जोडेकै छु
मलाई विश्वास छ तिम्रो साथ पाउँछु सानू
🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
सीसा थारु

मेरो यो  खाली सिउँदो चाडै रङ्याउ घर आएर
दुबै मिली बसौला पिरतीको घर चटक्क बनाएर
तिम्रो कुरा सुन्दाखेरी जीवनमा उमंग छाएको छ
बिहे पछि मेरो प्यारो एस.पी.संगै बस्छु   रमाएर
🌹🌹🌹🌹🌹🌹🌹🎁🌹🌹🌹🌹🌹🌹
एस.पी.असफल

यसपालिको दशै लाई खास बनाए
अन्तिम चोटि माइतीमा दशै मनाए
फेरि तिम्रो बिहे अन्तै पक्का गर्लान्
हाम्रो कुरा तिमीले पनि घरमा जनाए
🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
सीसा थारु

टीका अघि तिमी घर आउँन मिल्दैन र??
संगै बसि दशैँको टीका लाउन मिल्दैन र??
दशैँमा लाग्ने रमाइलो मेला,सँगसँगै घुमी
प्रितीको गीत हामीले नि गाउन मिल्दैन र??
🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
एस.पि.असफल


तिमी सँगै यसपालिको दशैँ मनाउने,,
मन थियो दशैँ अघिनै आफ्नो बनाउने ।
प्रवासमा भन्नेको बेला छुट्टि मिल्दैन,,
कुरा नबुझी  मलाई मात्रै दोषी जनाउने ??
🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹

सीसा थारु

जतिसक्दो चाडै छुट्टी मिलाई आऊ प्यारा।
अझै मलाई एक्लै यसरी नतड्पाऊ प्यारा।
बरू सोचौंला विस्तारै जिन्दगीको बारेमा
पहिला दुनियाँ अघि सिउँदो सजाऊ प्यारा।
🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
एस.पी.असफल

बसे मनमा खुसी अनि उमंग जगाएर
निधारमा दशैँको टीका जमरा लगाएर
घरकाले नदिए मन्दिरमा गई रङ्गाएर
तिम्रो सिउँधो सिन्दुरले घरबाटै भगाएर
🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹

शुभकामना

रिस राग अनि वैरभाव मनमै मरुन्,,
मित्र दाहिने शत्रु जति पाउमा परुन् ।
बडा दशैँ कसैलाई नि दसा नबनोस्,,
नवदुर्गा भवानीले सबैको रक्षा गरुन् ।।

🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹

सम्पूर्ण आदरनीय अग्रज गुरुहरु,समकालीन तथा अनुज साहित्यिक मित्रहरू साथै हाम्रो सामाजिक संन्जालमा जोडिनु भएका आफन्तजन र हाम्रो मुक्तकिला भावहरु पढेर आफ्ना अमुल्य सल्लाह, सुझाव ,प्रतिक्रिया दिने र हाम्रो सवाल जवाफ पढ्न आफ्नो अमूल्य समय खर्च गरिदिनु हुने  सम्पूर्ण जनालाई  लाई हार्दिक आभार ब्यक्त गर्दै
२०७३ सालको बडा दशैको हार्दिक मंगलमय शुभकामना दिन चाहान्छौँ  ।।।

🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
एस.पी.असफल
भाटखोला :९
स्याङ्जा
हाल:बिरानो मुलुक
🌹🌹🌹🌹🌹🌹🌹
सिसा थारु हिन्दु
बिर्तामोड झापा

Note : Copyright Reserved with Writer

मुक्तककार प्रजित कुवंरका ७ मुक्तककार (7 Muktaks by Prajit Kuwar) -22-07-2016

NepaliTalim | 5:24:00 PM | 0 comments
(१).मुक्तक
घर गोठ पाखा बारी सम्झियर  
गैरी खेत अनी टारी सम्झियर  
ऑशुकै भेल बग्छ प्रवासमा,
अचेल रिनको भारी सम्झियर  
प्रजित कुवंर थुमपोखरा 
८ स्या्गंजा वायखोला सिख्रे

(२).मुक्तक
तिम्रो निम्ती मर्न तयार छु म
जसो भन गर्न तयार छु म
तिमी सधै खुशी हुन्छ्यौ भने
आफै लाई हर्न तयार छु म
प्रजित कुवंर थुमपोखरा 
८ स्या्गंजा वायखोला सिख्रे

(३).मुक्तक
 बगाउंछु पसिना मेरै देशको ,माटा हरूमा 
अनी चिनचान गर्छु कुना का्प्चा , बाटा हरुमा 
 किसानी हुँ लहलह सुनका दाना फलाउंछु /
 गैरीखेत र बारिका ठुलाठुला ,पाटा हरुमा 
प्रजित कुवंर थुमपोखरा 
८ स्या्गंजा वायखोला सिख्रे

(४).मुक्तक
 भरिन्न साथी लोभको भकारी
 जति नैै गरौ अर्काको चाकरी
आधा जुनि बिताए प्रवासमै
दुखले सधै गरेर नोकरी
प्रजित कुवंर थुमपोखरा 
८ स्या्गंजा वायखोला सिख्रे

(५).मुक्तक
 सॉचो कुरा  ,भन्दैनन्  मान्छे हरु अचेल
 सिधा साधा ,बन्दैनन् मान्छे हरु अचेल
छोडेर गाउ शहर पसेपछी.खै किन ?
ठुला भए गन्दैनन् मान्छे  हरु अचेल 
प्रजित कुवंर थुमपोखरा 
८ स्या्गंजा वायखोला सिख्रे

(६).मुक्तक
फर्किन्छु आमा बस्दिन प्रदेशमा /
धनको निम्ती पस्दिन प्रदेशमा/
चलाउछु गुजारा स्वदेशमै अब,,
कलिलो जिउ डस्दिन प्रदेशमा/
प्रजित कुवंर थुमपोखरा 
८ स्या्गंजा वायखोला सिख्रे

(७).मुक्तक
भाडिन्छ यो घर गाउले ,कुरा सुन्यौ भने 
मुखमा राम वगलि मा , छुरा उन्यौ भने 
फेरी हाम्रो सम्बन्धमा फाटो आउला प्यारी
छोडेर मलाई तिमीले अर्कै ,चुन्यौ भने
प्रजित कुवंर थुमपोखरा 
८ स्या्गंजा वायखोला सिख्रे

मुक्तकका एस.पि. असफलका ५ मुक्तकहरू (5 Muktaks by S.P. Asaphal) -22-07-2016

NepaliTalim | 5:18:00 PM | 0 comments
मुक्तक १
आज त मलाई हल्का मंधिरा पिउन मन थियो  ।। 
साथिले चाहिँ आज मेरो मुड छैन पो भन दियो ।।
आज नपिए मदिरा सक्दिनँ होला म निदाउन,,
निस्ठुरीको सम्झनाले पुरानो घाउ झन बल्झियो ।।
एस.पि. असफल
भाटखोला ९
स्याङ्जा 
हाल:बिरानो मुलुक

मुक्तक २
जमिन बाड्यौ भन्दैछन् दाइले कित्ता छुट्याएर   ।।
माता लाई पाल्छु भन्छ भाइले पिता छुट्याएर  ।।
रावण बन्ने होडमा लाग्दैछन् मेरा दाजुभाइ  ,,
रामसँग उनकी  प्राण प्यारि सीता छुट्याएर  ।।
एस.पि. असफल
भाटखोला ९
स्याङ्जा 
हाल:बिरानो मुलुक

मुक्तक ३ 
प्रवासी  भएर बस्यो छोरा हाम्रो माया मारि \\
नस्सक्ने हुदा  काम गर्न बाँझै छन् खेत वारि \\
आज सपनिमा बा-आमाले यस्तै कुरा गर्दै  ,,
बसेको देखे कठै आँसु धारा बर्बर झारि  \\
एस.पि. असफल
भाटखोला ९
स्याङ्जा 
हाल:बिरानो मुलुक

मुक्तक ४
बनेर नेता हिडिन्थ्यो हिजोसम्म आवरा टोलिको।।
खुसि नै थिए म नमान्दा सम्म पिर चिन्ता भोलिको।।
केही  गरि  खाने समयले  नेटो काटेर  गएछ ,,
नगर्दा कदर हिजोका दिनमा बा-आमाको बोलिको ।।
एस.पि. असफल
भाटखोला ९
स्याङ्जा 
हाल:बिरानो मुलुक


मुक्तक ५
मर्दाङ्नी देखाउन घरमा श्रीमती लाई कुट्ने भेटिए  ।।
बुढी आमालाई बोक्सि आरोप लगाउन जुट्ने भेटिए  ।।
दिन भरि नारी हक अधिकार को लागि लड्ने हरु,,
आफ्नै घरका चेलिबेटी हरुको ईज्जत् लुट्ने भेटिए ।।
एस.पि. असफल
भाटखोला ९
स्याङ्जा 
हाल:बिरानो मुलुक

मुक्तककार प्रजित कुवंरको ७ सात मुक्तकहरू ( 7 Muktaks By Prajit Kuwar) : 05-07-2016

NepaliTalim | 5:51:00 PM | 0 comments
 प्रजित कुवंर
(१).मुक्तक
घर गोठ पाखा बारी सम्झियर
गैरी खेत अनी टारी सम्झियर
ऑशुकै भेल बग्छ प्रवासमा,
अचेल रिनको भारी सम्झियर
प्रजित कुवंर
थुमपोखरा ८ स्या्गंजा वायखोला सिख्रे

(२).मुक्तक
तिम्रो निम्ती मर्न तयार छु म
जसो भन गर्न तयार छु म
तिमी सधै खुशी हुन्छ्यौ भने
आफै लाई हर्न तयार छु म
प्रजित कुवंर
थुमपोखरा ८ स्या्गंजा वायखोला सिख्रे

(३).मुक्तक
बगाउंछु पसिना मेरै देशको ,माटा हरूमा
अनी चिनचान गर्छु कुना का्प्चा , बाटा हरुमा
किसानी हुँ लहलह सुनका दाना फलाउंछु
गैरीखेत र बारिका ठुलाठुला ,पाटा हरुमा
प्रजित कुवंर
थुमपोखरा ८ स्या्गंजा वायखोला सिख्रे

(४).मुक्तक
भरिन्न साथी लोभको भकारी
जति नै गरौ अर्काको चाकरी
आधा जुनि बिताए प्रवासमै
दुखले सधै गरेर नोकरी
प्रजित कुवंर
थुमपोखरा ८ स्या्गंजा वायखोला सिख्रे

(५).मुक्तक
सॉचो कुरा ,भन्दैनन् मान्छे हरु अचेल
सिधा साधा ,बन्दैनन् मान्छे हरु अचेल
छोडेर गाउ शहर पसेपछी.खै किन ?
ठुला भए गन्दैनन् मान्छे हरु अचेल
प्रजित कुवंर
थुमपोखरा ८ स्या्गंजा वायखोला सिख्रे

(६).मुक्तक
फर्किन्छु आमा बस्दिन प्रदेशमा
धनको निम्ती पस्दिन प्रदेशमा
चलाउछु गुजारा स्वदेशमै अब
कलिलो जिउ डस्दिन प्रदेशमा
प्रजित कुवंर
थुमपोखरा ८ स्या्गंजा वायखोला सिख्रे

(७).मुक्तक
भाडिन्छ यो घर गाउले ,कुरा सुन्यौ भने
मुखमा राम वगलि मा छुरा उन्यौ भने
फेरी हाम्रो सम्बन्धमा फाटो आउला प्यारी
छोडेर मलाई तिमीले अर्कै ,चुन्यौ भने
प्रजित कुवंर
थुमपोखरा ८ स्या्गंजा वायखोला सिख्रे

Note : All Copyright Reserved with Writer 

कमल बोगटी " अन्जान " का १६ साेह्र मुक्तकहरू (16 Muktaks by Kamal Bogati Anjan) : 05-07-2016

NepaliTalim | 10:18:00 AM | 0 comments
कमल बोगटी " अन्जान "
१.मुक्तक  
अल्छि भै यो शरीर त बस्न थाल्या छ...
जिन्दगी देखेर आफ्नै तग्दिर हास्न थाल्या छ...
न देखिने न व्यक्त गर्न मिल्ने कारण भै दिएर...
किन किन नशा तिर फस्न थाल्या छ...
कमल बोगटी " अन्जान "
बर्दियाली हाल काठमाडौँ

२.मुक्तक 
त्येता हाँसो यता आँसु छोडी जानेलाई..
जोड्ने नमिल्ने गरि घर तोडी जानेलाई...
सैयौ जुनी यसैगरी बाचिरहने बर मिलोस...
यता खरानी बने उता बस्ति जोडी जानेलाई...
कमल बोगटी " अन्जान "
बर्दियाली हाल काठमाडौँ

३.मुक्तक 
छेपारो झैँ रङ्ग फेर्ने जतिलाई....
चौतर्फी दबाब पारी घेर्ने जतिलाई....
न बोल्ने न शिर ठाडो पार्ने बनाउछु...
दु:ख पर्दा मेरो रमिता हेर्ने जतिलाई...
कमल बोगटी " अन्जान "
बर्दियाली हाल काठमाडौँ

४.मुक्तक 
सिताको झैँ तिम्रो पनि हरण भयो भने....
भेट्न नपाई मेरो यहाँ मरण भयो भने....
दैवको खेल्न हो केनै गर्न सक्छु र तेतिबेला...
माफी देउ भन्दै लाश माथि तिम्रो सरण भयो भने ....
कमल बोगटी " अन्जान "
बर्दियाली हाल काठमाडौँ

५.मुक्तक 
झुटा प्रेमीहरुको मात्र एक दिन यहाँ संजाल हुने छ...
आरोपी छुट्याउनै नसकिने समस्याको जन्जाल हुने छ....
एकले अर्कालाई देखाउने अनि लुट्ने प्रब्रितिले ....
हेर्दै जाउ एक-एक गर्दै सबै यहाँ कंगाल हुने छ...
कमल बोगटी " अन्जान "
बर्दियाली हाल काठमाडौँ

६.मुक्तक
मृत्यु त केवल एउटा दैवको चाल हुनेछ...
अनेक थरि शंकाको त्यो दिन सवाल हुनेछ...
बिश्वास घात गरि चोट दिनेहरु होसियार भै बस्नु ....
म मरेको दिन पक्कै यहाँ बबाल हुनेछ...
कमल बोगटी " अन्जान "
बर्दियाली हाल काठमाडौँ

७.मुक्तक 
गन्हाउने रक्सि मान्छे पिउछु भन्छन कसो गरि....
टुक्रीएको मुटुलाई सिउछु भन्छन कसो गरि...
पानी बिना माछा जस्तै हुने यो आत्मालाई....
माया बिना पनि म जिउछु भन्छन कसो गरि...
कमल बोगटी " अन्जान "
बर्दियाली हाल काठमाडौँ

८.मुक्तक 
प्रेमिकालाई आँखाको नानी भन्नेलाई....
तिमी त मेरो मायाको खानी भन्नेलाई....
बुढेस काल लागे पछि मर्नु न बाँच्नु हुन्छ रे...
ऐले त मेरो सबैथोक हो जवानी भन्नेलाई...
कमल बोगटी " अन्जान "
बर्दियाली हाल काठमाडौँ

९.मुक्तक 
हिड्दै जादा खाल्डोमा म परे हुन्छ अरे....
होइन भने चाडै बसाई सरे हुन्छ अरे.....
कसलाई कहिले के बिगारेर जान्न मन छ मलाई.....
चाडै काल आइ यस्तो मान्छे त मरे हुन्छ अरे...
कमल बोगटी " अन्जान "
बर्दियाली हाल काठमाडौँ

१०.मुक्तक 
मै छोरालाई सम्झीएर रुदै छिन् रे आमा....
भिर पाखा गर्दै लुगा धुदै छिन् रे आमा...
लाऊ-लाऊ खाऊ भन्ने बेला प्रदेशीयो भन्दै....
म आउने बाटो हेरी तस्बिर छुदै छिन् रे आमा....
कमल बोगटी " अन्जान "
बर्दियाली हाल काठमाडौँ

११.मुक्तक 
चाहिने भन्दा बढी पेल्यो भने मान्छेलाई....
जानी जानी फेरी पनि ठेल्यो भने मान्छेलाई .....
जुन सुकै बेला बम झैँ पटकन सक्छ अरे....
उम्कने नसक्ने गरि समस्याले जेल्यो भने मान्छेलाई....
कमल बोगटी " अन्जान "
बर्दियाली हाल काठमाडौँ

१२.मुक्तक 
कपडाले बालुवा चाल्न मिल्ने भए....
मनको माया काँडा झैँ फाल्न मिल्ने भए ...
यो संसारमा दू:खी अनि एक्लो कोहि हुदैनथ्यो होला...
मरेको त्यो लाशमा एक मुठी श्वास हाल्न मिल्ने भए ....
कमल बोगटी " अन्जान "
बर्दियाली हाल काठमाडौँ

१३.मुक्तक 
बेरोजगारी म गाउँ डुल्नेलाई भौतारी सम्झीएर....
थकाई मेटिन बीच बाटोको चौतारी सम्झीएर...
सब्बैले हेप्ने अनि लुटनै खोज्छन आज भोलि.....
कसैसंग पनि नमिले मलाई औतारी सम्झीएर...
कमल बोगटी " अन्जान "
बर्दियाली हाल काठमाडौँ

१४.मुक्तक 
मायामा आज भोलि, भर हुदैन र...?
छुट्टि हिड्ने मान्छेको, घर हुदैन र...??
सबैले भिन्दै छस किन भन्छन मलाई...?
के म जस्ताको कुनै एउटा, थर हुदैन र...??
कमल बोगटी " अन्जान "
बर्दियाली हाल काठमाडौँ

१५.मुक्तक 
खुसीहरु सबै जले पिर बाँकी छ।
जल्न बाँकी याे मुटुकाे तस्बिर बाँकी छ।।
तिमी दिल माग्ने कुरा गर्छाैं छैन त्यो म सँग !!!!
चोरियो उहिलै अब खोक्रो शरीर बाँकी छ।
कमल बोगटी " अन्जान "
बर्दियाली हाल काठमाडौँ

१६.मुक्तक 
शब्द-शब्दमा सम्बन्ध, तोडिदैछ आज....
खै के पुगेन र उनको पाइला, मोडिदैछ आज...
कसैले केहि सुनाएको वा कोहि अर्कै पाएको हुनु पर्छ....
तेसैले त मेरै अगाडी अन्तै नाता, जोडिदैछ आज...
कमल बोगटी " अन्जान "
बर्दियाली हाल काठमाडौँ

Note : Copy Rights Reserved with Writer 

मुक्तककार दिनेश धामीका ३५ पाैंतिस मुक्तकहरू (35 Muktaks by Dinesh Dhami) -30-06-2016

NepaliTalim | 5:22:00 PM | 0 comments
            दिनेश धामी, बझाङ 
            हाल भारत ब्याङ्लोर
१।मुक्तक
भेटिएका मान्छे हरेक चिन्न सकिदैन 
झन् भित्रै देखि त एक चिन्न सकिदैन
छेपारोले जस्तै रङ्ग फेर्छन् मान्छेहरु
मान्छे  एक रुप अनेक चिन्न सकिदैन
दिनेश धामी, बझाङ 
हाल भारत ब्याङ्लोर

२।मुक्तक
कहिले सम्म यस्तै रहला नभए जस्तो
केहि   पनि   गला  कला  नभए जस्तो
सधै खल्लो लाग्छ परदेशी यो जिवन
तरकारिमा  नुन  मसला नभए जस्तो
दिनेश धामी, बझाङ 
हाल भारत ब्याङ्लोर

३।मुक्तक
तारा यॉ त जुन तिमिलाई
हिरा  मोती सुन तिमिलाई
मेरालागी तिमी के हौ थाछ
भन्नेले जेरभनुन तिमीलाई
दिनेश धामी, बझाङ 
हाल भारत ब्याङ्लोर

४।मुक्तक
राम कहॉ छन्  हनुमान कहॉ छन्
दानव कहॉ छन् सैतान कहॉ छन्
मन्दिरै मन्दिरले  भरिएको देशमा
मुर्ति मात्रै देख्छु भगवान कहॉ छन्
दिनेश धामी, बझाङ 
हाल भारत ब्याङ्लोर

५।मुक्तक
यो माया  पिरति सोचेकै थिएन
बनाउला यो गति सोचेकै थिएन
मन पोल्न माया  लाए पुग्दो रैछ
पोल्दछ भतभति  सोचेकै थिएन
दिनेश धामी, बझाङ 
हाल भारत ब्याङ्लोर

६।मुक्तक
थाहा  हुदैन  मित्र कस्तो छ
र  कस्को  चरित्र  कस्तो छ
गोरो छाला देखि मख्ख नहौॅ
के थाहा छुर भित्र कस्तो छ
दिनेश धामी, बझाङ 
हाल भारत ब्याङ्लोर

७।मुक्तक
बा आमा गाउॅमै खुशी थिॅए खेति गरेर पनि
दुइछाक टार्न पुगेकै थियो हलो जोतेर पनि 
आधुनिक जमाना संग चल्नपर्छ भन्छ छोरा
चामल किन्ने पैॅसा जोड्छ खाडी पसेर पनि
दिनेश धामी, बझाङ 
हाल भारत ब्याङ्लोर

८।मुक्तक
नङ् मासु बनेर बस्ने बाचा कसम थियो
समयले  गर्दा  खेरि  जुन र घाम बनियो
नत उन्ले धोका दिइन् न मैले धोका दिॅए
टाढा टाढा  हुदा हाम्रो समन्ध  चिसियो
दिनेश धामी, बझाङ 
हाल भारत ब्याङ्लोर

९।मुक्तक
चाहिदैन लाखौ   धन  यत्तिभए  पुग्छ
सुखमय बनोस जिवन यत्तिभए पुग्छ
यहि आशिस  दिनुस बा(आमा मलाई
बन्न सकियोस सज्जन यत्तिभए पुग्छ
दिनेश धामी, बझाङ 
हाल भारत ब्याङ्लोर

१०।मुक्तक
भन्दछन्  ठुला बडा  परालको आगो हो
भैदिन्छ चुनौती खडा परालको आगो हो
जलाउछ  पक्कै  पनि क्षति  त  हुन्छनै
हुन् त घरको झगडा परालको आगो हो
दिनेश धामी, बझाङ 
हाल भारत ब्याङ्लोर

११।मुक्तक
ज्यानकै माया मारी के के गर्नुपर्छ
सात  समुन्द्र  पारी  के  के गर्नुपर्छ
साझॅ बिहान घरमा चुलो बाल्नलाई
सधै  दुनियॉ  दारी  के  के  गर्नुपर्छ
दिनेश धामी, बझाङ 
हाल भारत ब्याङ्लोर

१२।मुक्तक
दिनहुॅ  बाडुल्की  नला अन्त्य हुनुपर्छ
तड्पिने यो श्रिङ्खला अन्त्य हुनुपर्छ
दुख्नलाई त प्यारी कयौ सुबिधा छन्
तिम्रो  यादको  हमला अन्त्य हुनुपर्छ
दिनेश धामी, बझाङ 
हाल भारत ब्याङ्लोर

१३।मुक्तक
जता हुन्छ गहिरो थाहा थियो
उतै जान्छ पहिरो थाहा थियो
चिच्याए गुहार मागे फेरि पनि
ईस्वर हुन्छ बहिरो थाहा थियो
दिनेश धामी, बझाङ 
हाल भारत ब्याङ्लोर

१४।मुक्तक
उनै लडाउछन् जो जो आफ्ना लाग्छन्
यी नाता  गोताहरु  सबै झुटा लाग्छन्
त्यसैले तिमिलाई गुमाउन मनछ प्रिया
गुमायकै चिजहरु अति प्यारा लाग्छन्
दिनेश धामी, बझाङ 
हाल भारत ब्याङ्लोर

१५।मुक्तक
कतै हेर  आकाश छुने महल छन्
कतै गल्लि  गल्लिमा पागल छन्
यसरि बॉचेका छन् शहरमा मान्छे
न  शरिरमा  लुगा  न  चप्पल छन्
दिनेश धामी, बझाङ 
हाल भारत ब्याङ्लोर

१६।मुक्तक
उतै भॉसिन्छ दुलो हुन्छ
जहॉ माटो खुकुलो हुन्छ 
ढुङ्गा इस्वर  बन्दा बुझे
सहनसिल्तानै ठुलो हुन्छ
दिनेश धामी, बझाङ 
हाल भारत ब्याङ्लोर

१७।मुक्तक
याद  आयो हर घडी  याद आयो
बझाङ अछाम बैतडी याद आयो
भन्न सक्दिन म परदेश पसे पछि
प्रिया यॉ देश कुन् बढि याद आयो
दिनेश धामी, बझाङ 
हाल भारत ब्याङ्लोर

१८।मुक्तक
सपना बटुलि  हिडेकोछु आज
आफैलाई भुलि हिडेकोछु आज
खै केले हो केले मनै पोलेकोछ
हिड्नलाई हिम्चुलि हिडेकोछु आज
दिनेश धामी, बझाङ 
हाल भारत ब्याङ्लोर

१९।मुक्तक
न  कहिल्य  केहि अवसर आयो
आयो अभाब मात्रै सधैभर आयो
आधा जिन्दगी बितेको पत्तै पाइॅन
न सिॅङ आयो नुुत पुच्छर आयो
दिनेश धामी, बझाङ 
हाल भारत ब्याङ्लोर

२०।मुक्तक
पिडा अनि  चोट  फरक कसरि  बनायौ
फूल अनि  बोट फरक   कसरि  बनायौ
अरे  भगवान  तिमीले  प्रत्यक मान्छेको  
छुटा छुट्टै बनावोट फरक कसरि बनायौ
दिनेश धामी, बझाङ 
हाल भारत ब्याङ्लोर

२१।मुक्तक
साएद भएर पनि  मानिस गरिएन
कसैको रिस कसैको खिस गरिएन
जिन्दगिको अर्को नाम संघर्ष रहेछ
कहिले पनि बुझ्ने कोसिस गरिएन
दिनेश धामी, बझाङ 
हाल भारत ब्याङ्लोर

२२।मुक्तक
ढिलै  होला  हजुर  फर्केर आउनेछु
आफ्नै प्यारो सुधुर फर्केर आउनेछु
क्यैगरि मरे भने मनबुझाऊ पियारी
बॉची   रहे  जरुर  फर्केर   आउनेछु
दिनेश धामी, बझाङ 
हाल भारत ब्याङ्लोर

२३।मुक्तक
चाहे जति सके जति,,जे माग्छौ माग
भई दिऊॅला सहमति,,जे माग्छौ माग
सधै पुरुषकै दोष नदेखाऊ नारीहरू 
तिम्रै त छ रास्ट्रपति,,जे माग्छौ माग।
दिनेश धामी, बझाङ 
हाल भारत ब्याङ्लोर

२४।मुक्तक
जो कोहिलाई आजकल स्वागतकालागी
नभई  हुदैन रोतो जल  स्वागतकालागी
मेरो  प्युने  बानिले यति  चर्चा पायो कि
उभिन्छन् स्वयम बोतल स्वागतकालागी
दिनेश धामी, बझाङ 
हाल भारत ब्याङ्लोर

२५।मुक्तक
शिशिर अनि बसन्त आउदा घरगॉउमा
न्याउली कोईली गित गाउदा घरगॉउमा
कसरि मन बुझाउदिहुन् उता पियारीले
बिरहको मौसम सधै छाउदा घरगॉउमा
दिनेश धामी, बझाङ 
हाल भारत ब्याङ्लोर

२६।मुक्तक
समाजमा  परिवर्तन  ल्याउनु  पर्छ
गाऊॅ  बस्तिका  दुुख सुनाउनु पर्छ
थोरै  लेुख  राम्रो  लेुख  लेखकहरु 
तिम्रो लेख पढ्नेले ज्ञान पाउनु पर्छ
दिनेश धामी, बझाङ 
हाल भारत ब्याङ्लोर

२७।मुक्तक
चार  हरप लेखि  प्रचार नगर
यै हो मुक्तक भनि प्रचार नगर
सृजना शन्तान हुन् माया गरौ
बलत्कार  गरि   प्रचार  नगर

२८।मुक्तक
हेर्छन् रत  मनको आॅखाले छोराछोरी
सधै सानै देख्छन् आमाबाले छोराछोरी
फर्कि आउदा  आफ्नै गुॅड बिर्सिने गरेर 
प्वॉख लागे पछि उडिहाले छोराछोरी
दिनेश धामी, बझाङ 
हाल भारत ब्याङ्लोर

२९।मुक्तक
खेत बारिले पुग्या भए घरकाले पुग्या भए
आटो खान फाटो लाउन पैॅसाले पुग्या भए
मलाई  पनि  बिदेशिन  रहर  कहॉ  थियो
आफ्नै देशमा गरिखान मजाले पुग्या भए।।
दिनेश धामी, बझाङ 
हाल भारत ब्याङ्लोर

३०।मुक्तक
कि नभैदिए हुन्थ्यो आॅखा पनि कानपनि
भाको छरे उता देशमा ठुलै नोक्सान पनि
कस्लाई गुहार मागुॅ कस्लाई  बचाऊ भनु
घरबार  बिहिन भएका छन् भगवान पनि
दिनेश धामी, बझाङ 
हाल भारत ब्याङ्लोर

३१।मुक्तक
गाउॅका गोठाला  सॅग  खेल्ने मान्छे
अनि डोका डाला  सॅग खेल्ने मान्छे
राजनितिको घृणित  खेल मन पर्दैन
मुत कुटा कोदाला सॅग खेल्ने मान्छे
दिनेश धामी, बझाङ 
हाल भारत ब्याङ्लोर

३२।मुक्तक
छुट्नेहरु भन्छन् पीडा अधिक हुन्छ
हुुन त बिछोडकै कथा मार्मिक हुन्छ
दुई दिनलाई हो भने त लाउदै नलाउ
झुटो माया सानू नलाकै ठिक हुन्छ।
दिनेश धामी, बझाङ 
हाल भारत ब्याङ्लोर

३३।मुक्तक
कति छ मन्मा जलन थाहा नपाउन्
आफ्नाहरुले त  झन थाहा नपाउन्
अश्रु झरोस बरु पीडा पखालियोस 
तर  कहिल्यै दुस्मन थाहा  नपाउन्
दिनेश धामी, बझाङ 
हाल भारत ब्याङ्लोर

३४ ।मुक्तक
बॉचि रहे सम्म ज्यान सकिदैन
नपुगे  सम्म  चिहान  सकिदैन
बॉडी रहनुहोस झन् झन् बढ्छ
बॉडेर  कहिल्यै  ज्ञान सकिदैन
दिनेश धामी, बझाङ 
हाल भारत ब्याङ्लोर

३५।मुक्तक
सधै सॉझ सॉझ  पियो हिड्यो
भएको  पैसा  फालियो हिड्यो
असर पर्ने त परिवारलाई न हो
सराबिलाई के मात्तियो हिड्यो
दिनेश धामी, बझाङ 
हाल भारत ब्याङ्लोर

Note :
Copyrights of Above Muktaks are reserved with Writer

मुक्तककार उत्तर कुमार साहुका ९ नाैं मुकतकहरू (9 Muktaks by Uttar Kumar Sahu) -28-06-2016

NepaliTalim | 1:05:00 PM | 0 comments
उत्तर कुमार साहु
मुक्तककार उत्तर कुमार साहुका केही मुक्तकहरू  लिएर अाएका छाैं ।
१.मुक्तक
उसको मायाको सुन्दर घर हुदाहुदै पनि ।
बाच्ने आस मनमा अक्सर हुदाहुदै पनि ।
नियतिले ठगेपछी कस्को के नै लाग्छ र ,
मर्यो बाउ आफ्नै छोरा डक्टर हुदाहुदै पनि
उत्तर कुमार साहु

२..मुक्तक
म जुनिभरी उनकै पछि लाँए भने के गर्नुहुन्छ ?
अनि उ बाट चोखो माया लगाँए भने के गर्नुहुन्छ ?
तपाई हामीलाई एक हुन दिन्न भन्नुहुन्छ सधै ,
साच्चै तपाईकी छोरी भगाँए भने के गर्नुहुन्छ ?
उत्तर कुमार साहु

३.मुक्तक
यो तन हजुरलाई , यो मन हजुरलाई ।
लाउनेछैन कहिल्यै नमिठो वचन हजुरलाई ।
पहिले साथ दियर त हेर्नुहोस एकचोटी ,
अनि सुम्पिदिन्छु छु यो जीवन हजुरलाई ।
उत्तर कुमार साहु

४.मुक्तक
कत्तिका सपना सिसाजस्तै फुटेको देखेको छु ।
अनि कत्तीको प्रेम सम्बन्ध टुटेको देखेको छु ।
अरे तिमी हाम्रो माया अजम्बरी हुन्छ भन्छौ
मैले मुना–मदनको त माया छुटेको देखेको छु ।
उत्तर कुमार साहु

५.मुक्तक
पढेलेख्या केही कुरा जान्ने हुनु पर्यो ।
कुन राम्रो कुन नराम्रो छान्ने हुनु पर्यो ।
हो मलाई यस्तै जिवनसाथी चाहिएको
मैले भन्या हरेक कुरा मान्ने हुनु पर्यो ।
उत्तर कुमार साहु

६.मुक्तक
मेरो कारण तिम्रो घरमा बवाल भयो रे ।
अनि हाम्रो माया छुटाउने चाल भयो रे ।
छुटेपछि माया , टुटेपछि सम्बन्ध हाम्रो
तिम्रो आखामा आशुको ताल भयो रे ।
उत्तर कुमार साहु

७.मुक्तक
मेरो माया अन्तै सार्छु भन्छौ रे , साच्चै होला कि रु
मलाई घर न घाटको पार्छु भन्छौ रे , साच्चै होला कि रु
अरे आजभोली छुटेको छ सम्बन्ध थाहा हुदाहुदै पनि ,
उसलाई भुल्दे नत्र मार्छु भन्छौ रे , साच्चै होला कि ?
उत्तर कुमार साहु

८.मुक्तक
दुधको दुध बनाउनु छ, पानीको पानी बनाउनु छ ।
केहि अन्जानमै त केहि जानी जानी बनाउनु छ ।
जसले हाम्रो यो चोखो मायालाई छुटाउन खोज्छ
हो कसम त्यसलाई जलाएर खरानी बनाउनु छ ।
उत्तर कुमार साहु

९.मुक्तक
बन्दुक बनाउछु भन्छे ,उसले बम बनाउछु भन्छे ।
यता छोडि उता माया धमाधम बनाउछु भन्छे ।
यस्तै भनेर खुब धम्की दिन थालेकी छ अचेल ,
उसले अब म प्रतिको माया कम बनाउछु भन्छे ।
उत्तर कुमार साहु
कार्यक्रम प्रस्तोता मुक्तक डायरी ,
लोक लहरी र प्राविधीक
रेडियो राप्ती एफ.एम सल्यान

Note : Copyrights of Above All Muktak are reserved with Writer 

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger